
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइफाड) का एसिया तथा प्रशान्त क्षेत्रका निर्देशक रिहाना राजाले भेटवार्ता गर्नुभएको छ ।
निर्देशक रिहाना राजा र कोषका प्रतिनिधिलाई आज मन्त्रालयमा स्वागत गर्नुहुँदै मन्त्री अधिकारीले नेपालको कृषि क्षेत्रमा आइफाडले गर्दै आएको सहयोगका लागि आभार व्यक्त गर्नुभयो । नेपाल र आइफाडबीचको सम्बन्ध पुरानो र गहिरो रहेको उल्लेख गर्नुहुँदै उहाँले यो सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो ।
आइफाडको सहयोगमा कृषि मन्त्रालयअन्र्तगत हाल कृषि क्षेत्र विकास कार्यक्रम (एएसडिपि) सञ्चालनमा रहेको छ भने कोषले कृषि विकास रणनीति परिमार्जनको लागि पनि सहयोग गरेको भन्नुहुँदै मन्त्री अधिकारीले यी र यसभन्दा अगाडि सञ्चालन भएका आयोजना र सहयोगले नेपालको कृषि क्षेत्र तथा ग्रामीण अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान पु¥याएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले यस आर्थिक वर्षदेखि कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष्य लिएको छ । उत्पादनदेखि बजारीकरणसम्मको कृषि इकोसिस्टम सुधार कार्ययोजना कार्यान्वयन गर्ने लक्ष्यमा आइफाडबाट आवश्यक सहयोग प्राप्त हुनेछ भन्ने विश्वास छ ।”
भेटमा आइफाडका निर्देशक रिहाना राजाले आगामी दिनमा पनि सहकार्यलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्री अधिकारीको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै