
काठमाडौँ । श्रीलङ्काको राष्ट्रपति निर्वाचनमा पुनः राजपाक्षे परिवारबाट नै उम्मेदवारी पर्ने भएको छ ।
श्रीलङ्काको सत्तारुढ दलले आगामी सेप्टेम्बर २१ मा हुने राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धाका लागि विवादास्पद राजपाक्षे परिवारका एक सदस्यलाई बुधबार अघि सारेको छ । श्रीलङ्का पोदुजाना पेरामुना (एसएलपीपी) पार्टीले राजधानी कोलम्बोस्थित आफ्नो पार्टी कार्यालयमा आयोजित बौद्ध समारोहमा ३८ वर्षीय नमाल राजपाक्षेलाई उम्मेदवार बनाएको हो ।
एसएलपीपीका सचिव सागरा करियावासमले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी मनोनयनबारे भन्नुभयो, “सावधानीपूर्वक विचार गरेपछि पार्टीले नमाललाई राष्ट्रपतिपदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।”
पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेको कार्यकालमा नमालले खेलकुद मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो भने उहाँको कार्यबाल सन् २०१५ जनवरीमा समाप्त भएको थियो ।
उहाँका काका गोटाबय राजापाक्ष सन् २०१९ नोभेम्बरमा राष्ट्रपतिपदमा बिजय हुनुभएको थियो भने सन् २०२२ मा श्रीलङ्कामा चरम आर्थिक सङ्कटपछि उहाँलाई जनआन्दोलनको बलमा पदच्युत गरिएको थियो ।
राजपाक्षेको चुनावी मैदानमा प्रवेशले चुनावअघि सरकारमा व्यापक विभाजनलाई औपचारिकता दिएको थियो । एसएलपीपीका अधिकांश विधायकहरूले पार्टीले आफ्नो नयाँ सहयोगी राष्ट्रपति रानिल विक्रमासिङ्घेलाई समर्थन गरोस् भन्ने चाहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै