+

काभा महिला भलिबलमा इरान तेस्रो

काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा इरानले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज भएको खेलमा इरानले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको हो । 

इरानले श्रीलङ्कामाथि २५–२२, २८–२६, र २५–१७ ले पाखा लगाउँदै जित हासिल गरेको हो । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले चिरपरिजित प्रतिद्धन्दी भारतको सामान गर्दैछ । उक्त खेल आज साझ पाँच बजेदेखि शुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट