+

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग संचालन

चितवन ।  पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग नियमित सञ्चालनमा आएको छ । 

पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ नाग्दीखोलामा आज बिहान खसेको पहिरो पन्छ्याएर ११ः३० बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार लामो समयसम्म सडक अवरुद्ध बनेका कारण रोकिएका सवारी साधन पार गराएर दुवैतर्फ सडक खुलाउने काम गरिने छ । 

बिहान ७ः३५ बजेदेखि सडक अवरुद्ध बनेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट