
जुम्ला । तातोपानी गाउँपालिकाभित्रका दुई सय ५० बालबालिकालाई किर्डाक नेपाल जुम्लाद्वारा सञ्चालित सहयात्रा तेस्रो परियोजनाअन्तर्गत खाद्यान्न वितरण गरिएको छ ।
आज यहाँ आयोजित एक कायर्यक्रममा गाउँपालिका आठवटै वडाका बालबालिकालाई खाद्यान्न वितरण गरिएको परियोजनाका संयोजक प्रकाशबहादुर शाहीले जानकारी दिनुभयो । त्यो परियोजनाले यसअघि यहाँका दुई सय ८५ बालबालिकालाई शैक्षिक सामग्री पनि प्रदान गरेको थियो ।
गाउँपालिको समन्वय र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा उनीहरुलाई जनही २५ किलो चामल, पाँच लिटर तेल, पाँच केजी दाल, दुई प्याकेट नुन लगायत खाद्यान्न वितरण गरिएको संयोजक शाहीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै