+

काभा भलिबलको फाइनलमा आज नेपाल र भारत भिड्दै

काठमाडौँ । काभा वुमन्स नेसन्स लिग (भलिबल)को फाइनलमा आज नेपालले भारतसंग प्रतिस्पर्धा गर्दैछ । दशरथ रङ्गशाला कभर्डहलमा मङ्गलबार भएको दोस्रो सेमिफाइनलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गरेको थियो ।  यसअघि लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो ।

मङ्गलबारै भएको पहिलो सेमिफाईनलमा भारतले  श्रीलङ्कालाई २५–१५, २५–१६, २५–२३ सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको हो । 

यसअघि लिग चरणमा शनिबार नेपालले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको थियो । 

नेपालकी कप्तान अरुणा शाहीले मङ्गलबारको लय कायम राख्दै आज फाइनलमा भारतलाई हराउने विश्वास व्यक्त गर्नुभयो । “इरानविरुद्ध उच्च मनोबलका साथ खेलेकाले सोझो सेटमा जित हासिल गर्न सफल भयौँ । फाइनलमा आजका खेलमा भएका गल्ती पनि सुधारेर खेल्ने छौँ,” उहाँले भन्नुभयो । कप्तान अरुणाले दर्शकका साथले पनि खेल जित्न सहयोग पुर्‍याएको र फाइनलमा पनि घरेलु दर्शकको यस्तै साथ रहने अपेक्षा गर्नुभयो ।

नेपालका प्रशिक्षक जगदीश भट्टले भारतविरुद्धको फाइनलमा पनि रणनीति तयार पारेका खेल्ने भएकाले जित्ने विश्वास व्यक्त गर्नुभयो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट