
मकवानपुर । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले आफ्नो एक वर्षको पारिश्रमिक रकम तिलगङ्गा आँखा अस्पताल प्रतिष्ठान, काठमाडौँलाई प्रदान गर्नुभएको छ ।
आज हेटौँडामा आयोजित एक कार्यक्रमबीच उहाँले एक वर्षको पारिश्रमिकमा केही रकम थपेर ९ लाख ९९ हजार ९९ रुपैयाँको चेक प्रतिष्ठानका कार्यकारी निर्देशक डा सन्दुक रुइतलाई हस्तान्तरण गर्नुभयो ।
त्यस अवसरमा मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सिंहले निर्वाचनको बेला आफूले पाउने आर्थिक सुविधा व्यक्तिगत प्रयोजनमा खर्च नगरी सामाजिक सङ्घ संस्थाको विकासमा सहयोग गर्ने उद्घोष गरिएअनुसार रकम हस्तान्तरण गरिएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । समाजमा रहेका विपन्न, सीमान्तकृत आदिवासी जनजाति, दलितको स्वास्थ्य उपचार गर्ने काममा चिकित्सकले मानवीयताको भावना राखेर छिटोछरितो उपचार सेवालाई प्रभावकारी बनाइदिन उहाँले आग्रह गर्नुभयो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक डा रुइतले सातै प्रदेशका विपन्न, सीमान्तकृत समुदायका नागरिकको आँखाको शल्यक्रिया र उपचार गरी नयाँ जीवन प्रदान गर्न हेटौँडा उपमहानगरपालिका–३ बसामाडीमा आँखाको लेन्स उत्पादन गर्ने कार्यका लागि अहिले भवन निर्माण भइरहेको र सोही प्रयोजनका लागि सांसद सिंहबाट प्राप्त रकमलाई सदुपयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा हेटौँडा सामुदायिक आँखा अस्पतालका निर्देशक डा सुनिल थकालीले हाल अस्पतालमा उपचार सेवाका लागि दैनिक तीन सयदेखि चार सय बिरामी आउने गरेको र जिल्लामै लेन्स उत्पादन भएमा नागरिकलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै