
काठमाडौँ । भारतीय विदेशमन्त्री डा एस जयशंकर नेपाल आइपुग्नुभएको छ । विदेशमन्त्री जयशंकर नेपाल– भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार बिहान नेपाल आइपुग्नुभएको हो।
भारतीय विशेष विमानमार्फत आउनुभएका विदेशमन्त्री जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले स्वागत गर्नुभएको छ । संयुक्त आयोगको बैठक पुस १९ र २० गते काठमाडौँमा हुँदैछ । बैठक आजै दिउँसोदेखि होटल याक एण्ड यतीमा हुनेछ । बैठकमा दुई देशको सम्झौतामा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ ।
बैठकमा परराष्ट्रमन्त्री साउद र उहाँका भारतीय समकक्षी डा यशंकरले आ(आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । बैठकले द्विपक्षीय सम्बन्धको समग्र अवस्था र आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री डा यशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नु हुनेभएको छ ।
परराष्ट्रमन्त्री साउदले भारतीय विदेशमन्त्री जयशंक र उहाँको तिनिधिमण्डलका सदस्यहरूको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ । विदेशमन्त्री डा जयशङ्करले शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र भूकम्पपछिका पुनःनिर्माण परियोजनाको उद्घाटन गर्नुहुनेछ । विदेशमन्त्री डा जयशंकर त्यसपछि भोलि नै स्वदेश फर्कनुहुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल