
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सदनको यही अधिवेशनमा तीन विधेयक पेश गर्नेगरी अघि बढाउन आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको आजदेखि प्रारम्भ भएको छलफलमा उहाँले समितिमा विचाराधीन रहेका सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्को यही अधिवेशनमा पास गर्नेगरी अगाडि बढाउन आग्रह गर्नुभयो ।
मन्त्री चौरसियाले कानुन बनाउने व्यवस्थालाई व्यवस्थित बनाउनका विधायनसम्बन्धी विधेयक ल्याएको र विधेयक जटिसक्दो चाँडो छलफल गरेर टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।
समितिको बैठकमा राष्ट्रियसभाबाट आएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा शुरु भएको हो । समितिले यही साउन २९ गतेसम्म निरन्तर बैठक बसेर विधेयकमाथिको छलफल अघि बढाउने सहमति गरेको छ ।
ती विधेयकमाथि छलफल गर्न समितिको बैठक भोलि पुनः ११ बजे बस्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै