
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधानबमोजिम विभिन्न ३७ केन्द्रीय विभाग गठन गर्नुभएको छ । उहाँले आज विभिन्न केन्द्रीय सदस्यलाई विभिन्न संयोजक तोक्नुभएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
सभापति देउवाले पार्टी केन्द्रीय सदस्यहरु गोविन्द भट्टराईलाई राज्य प्रशासन, मधु आचार्यलाई स्थानीय तह समन्वय, मानबहादुर विश्वकर्मालाई अभिलेख, अनुगमन तथा मूल्याङ्कन, चन्द्रबहादुर केसीलाई सङ्घीय मामिला समन्वय, गोविन्दबहादुर शाहलाई संसदीय मामिला, मानबहादुर नेपालीलाई कानुन, राजीव ढुङ्गानालाई विद्यार्थी, डा डिला सङ्ग्रौलालाई पेशागत तथा बुद्धिजीवी विभागको प्रमुखमा मनोनयन गर्नुभएको छ ।
नैनसिंह महरलाई शिक्षा, डा चन्द्रमोहन यादवलाई स्वास्थ्य, मदनबहादुर अमात्यलाई निर्माण व्यवसाय समन्वय, शिवप्रसाद हुमागाँइलाई सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय, उमेश श्रेष्ठलाई कृषि तथा किसान, उमेशजङ्ग रायमाझीलाई खेलकूद, तारामान गुरुङलाई प्राकृतिक स्रोत, विद्यादेवी तिमिल्सिनालाई साहित्य, कला तथा संस्कृति, लक्ष्मी परियारलाई दलित समुदाय समन्वय र सशक्तिकरण विभागको संयोजक तोकिएको छ ।
कृष्णकिशोर घिमिरेलाई द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप, मैकुलाल वाल्मिकीलाई मुस्लिम, कर्णबहादुर बुढालाई वित्तीय संस्था समन्वय, सुशीला मिश्र भट्टलाई विज्ञान तथा सूचना प्रविधि, महेन्द्रकुमारी लिम्बूलाई भूपू सैनिक, प्राडा गोविन्दराज पोखरेललाई आर्थिक नीति तथा योजना विभागको जिम्मेवारी तोकिएको छ ।
शुभेच्छुक संस्था समन्वयमा अब्दुल सत्तार, श्रमिक तथा ट्रेड युनियनमा हरिशरण नेपाली, भूमि व्यवस्था तथा भूमिहिन, अव्यवस्थित बसोबास समन्वयमा नृपबहादुर वड, मानव अधिकारमा धना खतिवडा, वातावरण तथा जलवायु परिवर्तन सरोकारमा कल्याणकुमार गुरुङ, ऊर्जा तथा जलस्रोतमा अनिलकुमार रुंगटा, बालबालिका तथा किशोर–किशोरी समन्वयमा विभागको संयोजकमा डा। जीवन राना मनोनित हुनुभएको छ ।
सभापति देउवाले लक्ष्मी खतिवडालाई नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय, गङ्गालक्ष्मी अवाललाई व्यवसायिक सीप विकास, डा गोपाल दहत विपन्न उत्थान समन्वय, अर्जुनप्रसाद जोशीलाई सामाजिक संघ संस्था समन्वय, अजयवावु शिवाकोटीलाई पुस्तकालय तथा पार्टी अध्ययन(स्रोत केन्द्र, ध्यानगोविन्द रञ्जितलाई धर्म-संस्कृति समन्वय, दिनेश कोइरालालाई पूर्वआप्रवासी समन्वय विभागको प्रमुखमा मनोनयन गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक