+

मन्त्री शाहीद्वारा पाशुपात क्षेत्रमा वृक्षारोपण

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वृक्षारोपणले बाढीपहिरो र भूक्षयजस्ता समस्या समाधानमा बहुआयामिक लाभ पु-याउने बताउनुभएको छ । 

भगवती मानव कल्याण सङ्गठनद्धारा ‘एकवृक्ष राष्ट्रको नाममा’ भन्ने नारासहित एक करोड वृक्षारोपण अभियानको आज पाशुपतक्षेत्रमा शुभारम्भ गर्दै उहाँले सरकारले वृक्षारोपणलाई अघि बढाउन मद्दत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
 
सङ्गठनका महासचिव अजय अवस्थीले जलवायु परिवर्तन, वायु प्रदूषण, बाढीपहिरो लगायतका समस्यालाई दृष्टिगत गर्दै  देशभर वृक्षारोपण अभियान शुरु गरिएको जानकारी दिनुभएको छ ।
 
त्यस अवसरमा मन्त्री शाही, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र महासचिव अवस्थी लगायतले विरुवा रोपेर अभियानको शुभारम्भ गर्नुभएको सङ्गठनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट