+

‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधन प्रक्रिया अघि बढेको छ’

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनको प्रक्रिया अघि बढेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै मन्त्री सुडीले ऐनको मस्यौदा स्वीकृतिका लागि चाँडै मन्त्रिपरिषदमा लैजाने बताउनुभयोे । अहिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ संशोधनका लागि मस्यौदा तयार भएको र रायका लागि अर्थ मन्त्रालय पठाइएको उहाँले बताउनुभयो । अर्थ मन्त्रालयको स्वीकृतिपछि त्यसलाई मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाइने उहाँको भनाइ छ । 

त्यस्तै, नेपाल बाल सङ्गठनको विधान निर्माणको प्रक्रिया अघि बढेको मन्त्री सुडीले बताउनुभयो । मानव बेचबिखन रोकथाम तथा नियन्त्रणका लागि निरोध एवम् रोकथाम, उद्धार तथा संरक्षण, कानुनी कारबाही, क्षमता अभिवृद्धि अनुगमन र मूल्याङ्कनको काम भइरहेको उहाँको भनाइ छ । 

त्यस्तै, विभिन्न निकायसँग समन्वय सहकार्य गरी मानव बेचबिखन रोकथामका लागि भइरहेको मन्त्री सुडीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट