
डोटी । डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली बाजुराको बडिमालिकाका लागि प्रस्थान गरेको छ । हरेक वर्ष झैँ यस वर्ष पनि सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बडिमालिकाका लागि सरकारी पूजा सामग्री (पेटारो) पठाइएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले विशेष पूजाआजा गरेपछि आज जिल्ला प्रशासन कार्यालयबाट पेटारो बडिमालिकाका लागि निस्केको हो । जनै पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीमा बडिमालिकामा मुख्य पूजाआजा हुने प्रचलन छ । त्यही पूजाआजाका लागि राणाकालदेखि नै डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको छ । पेटारो पैदल १५ दिन लगाएर बडिमालिका पुग्नेछ ।
जिल्ला सदरमुकाम सिलगढीबाट हिँडेको पूजा सामग्रीसहितको सरकारी टोली पहिलो दिन आज साँझ पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बास बस्ने छ । दोस्रो दिन पूर्वीचौकी–५ को धानुकाँडामा बास बस्नेछ । यस्तै, अछामको मार्कु, प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ हुँदै पैदल मार्गबाट बडिमालिका पुग्ने चलन छ ।
पूजा सामग्रीमा दिपायलको भुरुरी (धानको पात) र वैद्यनाथको अक्षता समावेश गरिएको हुन्छ । यो वर्षको पेटारो टोलीको नेतृत्व जिल्ला अनुसन्धान कार्यालयका रेसम अधिकारीले गर्नुभएको छ ।
पेटारो प्रस्थानका क्रममा सरकारी पूजा सामग्रीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टुकडीले सलामी दिएको थियो । जिल्ला प्रशासन कार्यालयमा विशेष पूजापछि निस्केको पेटारोसहितको टोली प्रसिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पूजा गरी बडीमालिका तिर लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै