
काठमाडौँ । फ्रान्सले आफ्ना नागरिकलाई लेबनान छोड्न आग्रह गरेको छ । इजरायल र हिजबुल्लाहबीच चौतर्फी युद्ध र व्यापक क्षेत्रीय द्वन्द्वको डरबीच फ्रान्सले आइतबार लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको हो ।
‘लेबनान भ्रमण गर्ने र त्यहाँ रहेका फ्रान्सेली नागरिकलाई त्यहाँको सुरक्षा अवस्थाप्रति ध्यानाकर्षित गराउन चाहन्छौँ र उनीहरूलाई तत्काल लेबनान छोड्न र आफ्नो देश फर्कन आग्रह गर्दछौँ’ लेबनानका लागि यात्रा सूचनामा फ्रान्सेली विदेश मन्त्रालयले भनेको छ ।
फ्रान्सेली विदेश मन्त्रालयले बिहीबार फ्रान्सका लागि व्यावसायिक उडानको निरन्तर उपलब्धतालाई जनाउँदै सूचनापत्र जारी गरेको थियो ।फ्रान्सले अनुमानित २३ हजार नागरिक लेबनानमा बस्ने गरेको जनाएको छ र गत महिना लगभग १० हजार फ्रान्सेली नागरिकहरू लेबनान भ्रमण गरिरहेका थिए । स्वीडेनले पनि बेरूतमा रहेको आफ्नो दूतावास बन्द गर्ने घोषणा गर्दै आफ्ना नागरिकलाई तत्काल देश छोड्न आह्वान गरेको छ ।
मन्त्रालयले आइतबार इरान र यसका सहयोगीहरूले हमासको राजनीतिक नेताको हत्याको लागि इजरायललाई दोष दिँदै बदला लिने धम्की दिएपछि क्षेत्रीय द्वन्द्वको डरले फ्रान्सेली नागरिकलाई तत्काल लेबनान यात्रा नगर्न आग्रह गरेको हो । तेहरानले पनि हमास र लेबनानसँग सम्वद्ध इरान समर्थित लडाकू समूह हेजबुल्लाहले जस्तै इस्माइल हानियाको बुधवार भएको हत्यामा इजरायलको संलग्नता रहेको आरोप लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै