
काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार अन्तर्राष्ट्रिय यातायात कोरिडोरको विकास गर्ने योजना सार्वजनिक गर्नुभएको छ ।
‘हामी बाल्टिक र बेरेन्ट्स समुद्रबाट फारसको खाडी र हिन्द महासागरको किनारसम्म ‘सिमलेस रेल’ सञ्चार स्थापना गर्ने लक्ष्य राखेका छौँं’ रूसी राष्ट्रपति पुटिनले अगस्ट ४ अर्थात् रूसको रेलवे श्रमिक दिवसको अवसरमा एक भिडियो सम्बोधनमा भन्नुभयो । नेता पुटिनले भन्नुभयो– ‘यी वास्तवमै महान् कार्य हुन् र मलाई विश्वास छ कि तपाईहरूको विशेषज्ञता, अनुभव र राष्ट्रको हितप्रतिको प्रतिवद्धताले हामी ती हासिल गर्नेछौँ ।’
त्यस अवसरमा उहाँले मस्कोमा प्रमुख केन्द्रीय यातायात मार्गसँग एकीकृत हुने उच्च गतिको रेलवे, अन्तर्राष्ट्रिय रसद कोरिडोर र अजोभबाट ब्ल्याक सीतर्फको यातायात मार्गको वृद्धिसहित प्रमुख परियोजनाहरूको रूपरेखा पनि प्रस्तुत गर्नुभएको थियो ।
पुटिनले भन्नुभयो– ‘हामीले नवीनतम् आविष्कारहरूको प्रयोग गरेर उन्नत प्राविधिक उन्नयनको साथ रूसको रेलवे पूर्वाधारको विस्तारलाई गति दिन आवश्यक छ । “हाम्रो दृष्टिकोण वर्तमान आवश्यकता मात्र पूरा गर्नमा केन्द्रित छैन । हामी भविष्यका मागको लागि पनि तयार हुनुपर्छ जसले आगामी दशकको लागि प्रगति सुनिश्चित गर्दछ ।
उहाँले रूसको पूर्वी रेलवे प्रणाली, विशेष गरी बाइकल–अमुर, ट्रान्स–साइबेरियन रेलवे, र आर्कटिक बन्दरगाहहरूसँग जोड्ने यामालो–नेनेट्स स्वायत्त जिल्लामा ७०० किलोमिटर लामो उत्तरी अक्षांश क्षेत्रको रेलवेको थप आधुनिकीकरणको महत्वमा जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक