
काठमाडौँ । युरोपेली संघ(ईयू) का ७ राष्ट्रले नेजुएलालाई मतदानको रेकर्ड सार्वजनिक गर्न आग्रह गरेका छन् ।
ईयूका ७ राष्ट्रका नेताहरूले भेनेजुएलालाई ‘निर्वाचन प्रक्रियाको पूर्ण पारदर्शिता र सत्यनिष्ठा’ देखाउन मतदानको विवरण सार्वजनिक गर्न आग्रह गरेका हुन् । फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स, पोल्याण्ड, पोर्चुगल र स्पेनले जारी गरेको वक्तव्यमा राष्ट्रपति चुनावपछिको देशको अवस्थाबारे ‘कडा चिन्ता’ व्यक्त गरिएको छ ।
राष्ट्रपति निकोलस मदुरोले गत साताको मतदानमा विजयी भएको दाबी गरेका थिए तर विपक्षीले भने एडमुन्डो गोन्जालेज उरुटियाविजयी भएको दाबी गर्दै आधिकारिक नतिजाको विरोध गरेका छन् । ‘हामी भेनेजुएलाका अधिकारीहरूलाई मतदानसम्बन्धी सबै विवरण तत्काल सार्वजनिक गर्न आग्रह गर्दछौँ’ ७ देशका नेताहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
भेनेजुएलाका जनताको इच्छालाई मान्यता दिन यस्तो कदम चाल्नु आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ । भेनेजुएलाका विशेषगरी विपक्षी राजनीतिक नेता र सबै नागरिकको अधिकारलाई यस प्रक्रियामा सम्मान गर्नैपर्छ । विज्ञप्तिमा भनिएको छ– ‘हामी उनीहरूविरुद्ध कुनै पनि गिरफ्तारी वा धम्कीको कडा शब्दमा निन्दा गर्दछौँ, अधिकारीहरूले जनताको ‘शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्ने र भेला हुने अधिकार’ को सम्मान गर्नुपर्छ ।
भेनेजुएलाका हजारौँ नागरिकले मादुरोले चुनाव जितेको दाबीलाई चुनौती दिन देशभर भेला भएका बेला वक्तव्य आएको हो । राष्ट्रपतिप्रति वफादार रहेको सीएनई निर्वाचन प्राधिकरणले शुक्रबार मादुरोको विजयलाई अनुमोदन गरेपछि सुरु भएको प्रदर्शनमा ११ जनाको मृत्यु हुनुका साथै एक हजारभन्दा बढीलाई हिरासतमा लिइएको बताइएको छ ।
संयुक्त राज्य अमेरिका र ल्याटिन अमेरिकी छिमेकी अर्जेन्टिना, कोस्टारिका, पानामा, इक्वेडर र उरुग्वेलगायत देशहरूले उक्त नतिजालाई अस्वीकार गरिसकेका छन् । भेनेजुयलाको विपक्षी दलले आफ्नो उम्मेदवार गोन्जालेज उरुटिया स्पष्ट रुपमा विजयी भएको दाबी गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै