
काठमाडौँ । टर्कीएमा लगातार तेस्रो दिन इन्स्टाग्राम अवरुद्ध भएको छ ।
टर्कीएका एक उच्च पदस्थ अधिकारीले अमेरिकी कम्पनीविरुद्ध सेन्सरशिपको आरोप लगाएका कारण टर्कीएका इन्स्टाग्राम प्रयोगकर्ताले आइतबार पनि लगातार तेस्रो दिन सामाजिक सञ्जाल इन्स्टाग्राम अवरुद्ध भएको बताएका छन् ।
बिटिके सञ्चार प्राधिकरणले आफ्नो वेबसाइटमार्फत शुक्रबार मेटाको स्वामित्वमा रहेको प्लेटफर्मलाई बिना कुनै स्पष्टीकरण अवरुद्ध गरिएको घोषणा गरेको हो । यसको सन्दर्भमा एक अधिकारीले ‘आपराधिक सामग्री’ सम्प्रेषण गर्ने कुनैपनि माध्यमलाई अवरुद्ध गर्न अनुमति दिने नियमलाई उल्लेख गर्नुभयो ।
‘हाम्रो देशको आफ्नै महत्व र संवेदनशीलता छ । हाम्रो चेतावनीका बावजुद पनि तिनीहरूले आपराधिक विषयवस्तुको सम्प्रेषणमा ख्याल गरेनन्’ यातायात र पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुले शुक्रबार भन्नुभयो । ‘हामीले हाल इन्स्टाग्राम अवरुद्ध गरेका छौँ । जब उनीहरूले हाम्रो कानुनको पालना गर्छन्, हामी प्रतिबन्ध हटाउँछौँ ।’
राष्ट्रपतिको सञ्चार निर्देशक फहार्टिन अल्तुनले बुधबार इन्स्टाग्रामले ‘मानिसहरूलाई हमास नेता इस्माइल हानियाको लागि शोक सन्देश प्रकाशित गर्नबाट रोकेको’ आरोप लगाउनुभएको हो । सामाजिक–लोकतान्त्रिक र राष्ट्रवादी विपक्षी दल र अङ्कारा कानुनी परिषद्ले अवरोध हटाउनका लागि शुक्रबार साँझ अदालतमा मुद्धा दायर गरेका छन् ।
टर्की सञ्चारमाध्यमका अनुसार देशको ८ करोड ५० लाख मानिसमध्ये पाँच करोडको इन्स्टाग्राम अकाउन्ट छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक