
काठमाडौँ । श्रीलङ्काले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) महिला नेशन्स लिगमा पहिलो जित दर्ता गराएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सविरुद्ध ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।
श्रीलङ्काले माल्दिभ्समाथि खेलको पहिलो सेट २५-२२ ले जित्यो भने दोस्रो सेट २५-१२ ले आफनो पक्षमा पार्यो । त्यस्तै खेलको तेस्रो सेट २५-१६ ले जितेपछि प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । जितसँगै श्रीलङ्काले सेमिफाइनल यात्रा तय गरेको छ । पराजित माल्दिभ्स भने सेमिफाइनल होडबाट बाहिरियो ।
श्रीलङ्काले यसअघि नेपालसँग ३(० र इरानसँग ३(२ सेटमा हार ब्यहोरेको थियो । माल्दिभ्स भने यसअघि भारत र इरानसँग समान ३-० को सेटमा पराजित भएको थियो ।
यस खेलसँगै प्रतियोगितामा सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । सेमिफाइनमा नेपाल, भारत, इरान र श्रीलङ्काले स्थान पक्का गरेका छन् । आजै हुने दोस्रो खेलमा घरेलु टोली नेपालले इरानसँग खेल्नेछ । खेल सवा ५ बजेदेखि शुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै