
काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले २५ विभाग प्रमुख तोकेको छ। साउन १६ गते बसेको पार्टीको महाधिवेशन आयोजक समिति केन्द्रीय सचिवालय बैठकले विभागहरू, जनवर्गीय संगठनहरू गठन पुनर्गठन गरेको हो।
संगठन विभाग प्रमुखको जिम्मेवारी सोनामसिं स्याङ्तान, प्रशिक्षण विभाग प्रमुख महेन्द्र श्रेष्ठ, अन्तर्राष्ट्रिय विभाग दुर्गा सोब, आर्थिक व्यवस्थापन विभाग प्रमुखमा हिसिला यमी, उत्पादन तथा स्वरोजगार विभाग प्रमुखमा भक्तबहादुर शाहलाई दिइएको छ।
साथै प्रचारप्रसार तथा सूचना प्रविधि विभाग प्रमुख मानुषी यमी भट्टराई, केन्द्रीय कार्यालय व्यवस्थापन विभाथ प्रमुखमा रोशन पोखरेल र व्यवस्थापिका तथा राज्य व्यवस्था विभाग प्रमुखको जिम्मेवारी फणिन्द्र देवकोटालाई दिइएको नेसपाले जनाएको छ।
केन्द्रीय विज्ञ परिषदमा ललितपुरका पी श्रेष्ठ, काठमाडौंका कपिल काफ्ले, गोरखाका शारदाप्रसाद धिताल, हङकङमा रहेका श्याम ईधामको नाम थप गरिएको पार्टीले जनाएको छ।
निर्वाचन आयोग प्रमुखमा रामकुमार पुरी, अनुशासन आयोग प्रमुखमा रामबहादुर बोहोरालगायत मनोनीत गरिएको प्रवक्ता कृष्ण शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै