
काठमाडौँ । बंगलादेशमा विद्यार्थीले पुनः आन्दोलन चर्काएका छन् । पछिल्लो पटक उनीहरूको एकसूत्रीयु माग नै सरकारको राजीनामा रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् । आन्दोलनका क्रममा मृत्यु भएका २ सयभन्दा बढी सहपाठीको न्यायका लागि भन्दै विद्यार्थीहरू पुनः सडकमा उत्रिएका हुन् ।
आइतबार अवामी लिगका कार्यकर्ता र आन्दोलनकारीबीच भएको झडपमा २ जनाको मृत्यु भएको छ । मुंशीगन्जमा भएको झडपमा ३० भन्दा बढी घाइते भएको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
शनिबारसमेत ठूलो संख्यामा विद्यार्थीहरू ढाकाको सडकमा उपस्थित भएका थिए । केही ठाउँमा सुरक्षाकर्मीसँग झडपसमेत भएको थियो । झडपका क्रममा एक जना व्यापारीको मृत्यु भएको र कम्तीमा २० जना घाइते भएका थिए ।
यसैबीच प्रधानमन्त्री शेख हसिनाले विभेदविरोधी विद्यार्थी आन्दोलनका संयोजकहरूलाई वार्तामा बोलाएकी थिइन् । गणभवनको ढोका सधैँ खुल्ला छ । म कोटाविरोधी प्रदर्शनकारीहरूसँग कुरा गर्न चाहन्छु । उनीहरूको कुरा सुन्न चाहन्छु । म हिँसा चाहन्नँ, प्रधानमन्त्रीले हसिनाले भनेकी थिइन् । पेशाजीवी समन्वय परिषद्सँगको भेटमा उनले वार्ताको आह्वान गरेकी हुन् । तर आन्दोलनकारीहरू भने हसिनासँग वार्तामा नबस्ने अडानमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै