
तनहुँ । दुवै मिर्गौला फेल भएका तनहुँका एक युवकको उपचारका लागि सामाजिक सञ्जालबाट २ लाख रुपैयाँ आर्थिक सहयोग जुटेको छ ।
ऋषिङ गाउँपालिका–५ सपाङ्दीका २६ वर्षीय पूर्णलाल नेपालीको उपचारका लागि ३ दिनमा १ लाख ९० हजार सहयोग प्राप्त भएको हो । आर्थिक अवस्था नाजुक रहेका नेपालीको उपचारका लागि देशविदेशमा रहनुभएका ऋषिङबासी र अन्य व्यक्तिबाट रकम प्राप्त भएको हो । सामाजिक सञ्जालमा सहयोग रकम सङ्कलन अभियान ऋषिङ गाउँपालिकाका प्रवक्ता एवं अभियन्ता बिजय दरैले शुरु गर्नुभएको थियो ।
आफ्नो जन्मदिनमा खर्च गरिने रकम प्रदान गरी दरैले अभियान थाल्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो– घरको अवस्था देख्दा मनमा दया जागेर आयो, सहयोग जुटाउन सामाजिक सञ्जाल प्रयोग गरी अभियान थालेको हुँ ।’
उहाँका अनुसार विभिन्न स्थानबाट सहयोग आउने क्रम जारी छ । सहयोग रकम जुट्न थालेपछि उपचारसमेतमा सहज भएको छ । उहाँको हाल काठमाडौँस्थित वीर अस्पतालमा उपचार भइरहेको छ ।
जन्मदिनमा केक काटेर गरिने खर्च कटौती गरी सहयोग स्वरुप ७ हजार५ सय सहयोग गरेर दरैले सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । उहाँको अभियानमा हालसम्म ६० जनाले सहयोग गरिसक्नुभएको छ ।
मिर्गौला पीडित नेपालीले भन्नुभयो– ‘मेरो उपचारका लागि विजय सर अहोरात्र खटेर आर्थिक सहयोग जुटाइरहनुभएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै