
काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र नेकपा (एमाले) सहितको वर्तमान सत्ता समीकरणले अग्रमगन र समृद्धिका लागि संविधान संशोधन गराउने बताउनुुभएको छ ।
नेकपा (एमाले)ले हालै मनोनीत गरेका उपाध्यक्ष र केन्द्रीय सदस्यहरुको सपथ ग्रहणका लागि आज पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधन गरेर प्रतिगमन ल्याउन खोजेको भन्ने भ्रम फैलाउने कोशिस भएको उल्लेख गर्दै मुलुक र जनताको आवश्यकताबमोजिम संविधान संशोधनीय दस्तावेज भएको बताउनुभयो ।
“लोकतन्त्रलाई सुदृढ बनाउन, संविधानप्रतिको ग्राह्यता र स्वीकार्यता बढाउन, विकास र समृद्धिका थप आधार पहिल्याउन र जनतासँग एकाकार हुन संविधान संशोधन गर्ने हो”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “संविधान कुनै धार्मिक ग्रन्थजस्तो असंशोधनीय विषय होइन । हामीले कुलै लहडका भरमा संविधान संशोधनको कुरा गरेका होइनौँ । मानवकेन्द्रित मुद्दालाई ध्यानमा राखेर हामी संविधान संशोधनको सोचमा छौँ ।”
प्रधानमन्त्री ओलीले राजनीति स्वच्छ प्रतिस्पर्धाका आधारमा जनताका लागि हुनुुपर्ने र एमालेका नेता कार्यकर्ताले जनताप्रति नरम तथा जवाफदेही भएर काम गर्नुपर्नेमा जोड दिनुुभयो । उहाँले वैचारिक र साङ्गठनिक रुपमा मुलुकको नेतृत्व गर्ने हकदार पार्टी पनि एमाले नै भएको स्पष्ट गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै