+

परराष्ट्र सचिव लम्साल भोलि ओमान प्रस्थान गर्ने

काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्साल भोलि ओमान प्रस्थान गर्नुहुने भएको छ । 

परराष्ट्र सचिव लम्साल  साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन राजधानी मस्कट प्रस्थान गर्न लाग्नु भएको हो । 

सचिव लम्साल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ  प्रस्थान गर्न लाग्नुभएको मन्त्रालयले जनाएको छ । 

भ्रमणका क्रममा परराष्ट्र सचिव लम्साल मस्कटमा औपचारिक भेटघाट तथा कार्यक्रममा सहभागी हुनुहुनेछ । उहाँ साउन २५ गते स्वदेश फर्कनुहुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट