
काठमाडौँ । इजरायलको ओलम्पिक टोलीले पेरिस खेलमा ‘कठिन’ वातावरणको सामना गरेको उनीहरूको प्रतिनिधिमण्डलका प्रमुखले बताएका छन् ।
इजरायलको इतिहासमा सबैभन्दा ठूलो (८८ सदस्यीय) टोलीले बिहीबार जुडोका पिटर पाल्चिक र इनबार लानिरमार्फत पहिलो पदक जितेको छ । बाँकी १० दिनमा थप दुई वा तीन पदक जित्ने आशा रहेको इजरायली ओलम्पिक कमिटीका अध्यक्ष येल अरादले बताउनुभयो ।
अनलाइनमार्फत् आउने मृत्युको चेतावनी, उत्पीडन, सामाजिक सञ्जालमार्फत चुहावट भएका व्यक्तिगत सूचना वा मानहानी साथै फुटबल खेलको क्रममा देखिएको इजरायलविरोधी जनमतले खेलमा ध्यान केन्द्रित गर्न गाह्रो भइरहेको इजरायली खेलाडीहरूले बताएका छन् । अरादले भन्नुभयो– ‘हामीले हाम्रा खेलाडीलाई विशेष ढङ्गले तयार गरेका छौँ । हामीले उनीहरूलाई दिएको मुख्य सन्देश यो हो कि हामी यहाँ प्रतिस्पर्धा गर्न र इजरायली भावना देखाउन आएका छौँ ।’
इजरायली सरकारले अनलाइन उत्पीडन र ‘फिसिङ’ आक्रमणको परिष्कृत अभियानका लागि इरान समर्थित समूहलाई आरोप लगाएको छ । ‘यो साँच्चै कठिन अवस्था हो । सबैलाई थाहा छ हामी अक्टोबर ७ देखि नै शोकमा परेको राष्ट्र हौँ’ इजरायलमा हमासले गरेको आक्रमणमा एक हजार १७० जनाको ज्यान गएको उल्लेख गर्दै अरादले भन्नुभयो ।
गत सप्ताहन्तमा गोलान हाइट्समा हेजबुल्लाहको रकेट आक्रमणले फुटबल खेलिरहेका १२ बालबालिकाको ज्यान लिएको घटनाले पनि टोलीलाई असर गरेको अरादले बताउनुभयो ।
‘हाम्रा खेलाडीले दुःख र समस्याको सामना गर्नेछन् र आशा र प्रेरणा घर लिएर जानेछन् भन्नेमा म विश्वस्त छु’ उहाँले भन्नुभयो ।
गाजामा जारी इजरायलली आक्रमणले पेरिस ओलम्पिकमा विवाद निम्त्याएको हो । ओलम्पिक सुरु हुनुअघि नै प्यालेस्टिनी ओलम्पिक कमिटीले ओलम्पिकको धारणा उल्लङ्घन गरेको र ४०० प्यालेस्टिनी खेलाडी र खेलकूद व्यक्तित्वहरूको हत्या गरेकोमा इजरायललाई बहिष्कार गर्न माग गरेको थियो ।
इजरायली टोली वरपरको सुरक्षा असाधारण रूपमा कडा गरिएको छ । प्यालेस्टिनी उग्रवादी समूह ‘ब्ल्याक सेप्टेम्बर’ले एथलिट गाउँमा इजरायली प्रतिस्पर्धीलाई आक्रमण गरी हत्या गरेपछि सन् १९७२ को खेलदेखि नै इजरायली टोलीलाई कडा सुरक्षामा राखिने गरिएको इजरायलको इतिहासमा पहिलो ओलम्पिक पदक बिजेता पूर्व जुडोका अरादले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘हामीलाई पेरिसको सुरक्षामा विश्वास छ । अनि मेरो भूमिका यी खेलाडीलाई खेलकूदमा मात्र ध्यान केन्द्रित गर्ने अवसर दिनु हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै