
काठमाडौँ । गर्मीले युरोपमा वर्षेनी १ लाख ७५ हजार जनाको मृत्यु हुने गरेको पाइएको छ । विश्वका अन्य देशको तुलनामा तापक्रम तीव्र गतिमा बढिरहेको युरोपमा गर्मीका कारण वर्षेनी १ लाख ७५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को युरोपेली शाखाले बिहीबार जनाएको छ ।
डब्लुएचओले सन् २००० देखि २०१९ को बीचमा हरेक वर्ष गर्मीका कारण भएका चार लाख ८९ हजार मृत्युमध्ये युरोपेली क्षेत्रमा ३६ प्रतिशत अर्थात् औसतमा एक लाख ७६ हजार ४० जनाको मृत्यु हुने गरेको जनाएको छ ।
स्वास्थ्य निकायका अनुसार यस क्षेत्रको तापक्रम विश्वको औसत दरभन्दा झन्डै दोब्बरले बढिरहेको छ । डब्लूएचओको युरोपेली क्षेत्रमा ५३ देश छन्, जसमा मध्य एशियाका केही देश पनि समावेश छन् । डब्लुएचओका युरोप क्षेत्रीय निर्देशक हान्स क्लुजले भन्नुभयो– ‘मानिसहरूले अन्तिम मूल्य चुकाइरहेका छन् ।’
डब्लुएचओका अनुसार विगत दुई दशकमा यस क्षेत्रमा गर्मीका कारण हुने मृत्युदरमा ३० प्रतिशतले वृद्धि भएको छ । क्लुजले भन्नुभयो– तापक्रमको चरम सीमाले मुटु, श्वासप्रश्वास, ‘सेरेब्रो–भास्कुलर डिजिज’, मानसिक स्वास्थ्य र मधुमेहसँग सम्बन्धित रोगलगायत दीर्घकालीन अवस्थालाई बढाउँछ ।
अत्यधिक गर्मी विशेष गरी वृद्धवृद्धाका लागि समस्या र गर्भवती महिलाका लागि ‘अतिरिक्त बोझ’ हुन सक्ने उहाँले बताउनुभयो । डब्लुएचओका अनुसार मानव शरीरले आफ्नो तापक्रम कायम राख्न नसकेपछि उत्पन्न हुने ’गर्मीको तनाव’ यस क्षेत्रमा जलवायुसम्बन्धी मृत्युको प्रमुख कारण हो ।
विश्वव्यापी तापक्रम वृद्धिका कारण आगामी वर्षहरूमा गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या बढ्ने डब्लुएचआले जनाएको छ । क्लुजका अनुसार सन् २०२० यता यस क्षेत्रका लागि सबैभन्दा तातो तीन वर्ष भएका छन् भने सन् २००७ पछि १० बर्ष अत्यधिक तातो वर्षका रूपमा रेकर्ड भएका छन् ।
गत जुलाई २५ मा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले मानव जाति ‘अत्यधिक गर्मीको महामारी’बाट पीडित भएको चेतावनी दिँदै जलवायु परिवर्तनका कारण उत्पन्न गर्मीको लहरको प्रभावलाई सीमित गर्न कदम चाल्न आह्वान गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै