
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारमा ३ जना राज्यमन्त्री थपिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज ३ राज्यमन्त्री नियुक्त गरी कार्यविभाजन तोक्नुभएको छ । राष्ट्रपतिले नेपालको संविधान बमोजिम ३ राज्यमन्त्री नियुक्त गरी कार्यविभाजन तोक्नुभएको शीतल निवासले जनाएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्रीमा रुपा बिक र ऊर्जा, जलस्रोत र सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङ नियुक्त हुनुभएको छ ।
उहाँहरुको आजै शपथ हुनेछ । यो विस्तारसँगै वर्तमान मन्त्रिमण्डल सङ्ख्या सङ्ख्या २५ पुगेको छ ।
गठबन्धन सरकारमा नेपाली कांग्रेसबाट बिक र तामाङ तथा नागरिक उन्मुक्ति पार्टी (नाउपा)को रेशम चौधरी पक्षबाट अरुण चौधरीलाई राज्यमन्त्री बनाइएको हो । कांग्रेसबाट राज्यमन्त्री बन्नुभएका तामाङ रामेछाप, विक कपिलवस्तुबाट सांसद हुनुहुन्छ ।
चौधरी कैलालीका प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । चौधरी नाउपाको संसदीय दलका नेता समेत रहनुभएको छ । उहाँ रञ्जिता श्रेष्ठलाई हटाएर एक महिना अघि संसदीय दलको नेता बन्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै