+

क्षमता अभिवृद्धि गर्न रास्वपाको कार्यशाला

काठमाडौँ । पार्टी पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने बन्द कार्यशाला केन्द्रीय कार्यालयमा शुरु भएको छ । 

‘कार्यशालामा विचार, सङ्गठन, राजनीतिक मूल्य–मान्यता, संसदीय मामिला, ‘लिडरसीप एकेडेमी’ र ‘क्यान्डिडेट क्लब’ तथा पार्टी अभियानबारे गहन छलफल हुँदैछ’ कार्यवाहक प्रवक्ता मनिष  झाले भन्नुभयो । 

साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेकाहरूको क्षमता अभिवृद्धि गर्न सघन प्रशिक्षण र आगामी अभियानका लागि दुईदिने बन्द कार्यशाला (क्लोज क्याम्प) सञ्चालन गर्ने निर्णय गरेको थियो । कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी हुनुहुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट