+

गाईभैँसीले बाली नोक्सानी गर्दा न्यायिक समितिमा उजुरी

बागमती ।  हेटौँडा उपमहानगरपालिकामा गाईभैँसीले बाली नोक्सानी गर्दा समेत न्यायिक समितिमा उजुरी पर्ने गरेको छ । 

न्यायिक समितिले गत आर्थिक वर्ष २०८० र ८१ मा यस्तै खाले विभिन्न प्रकारका १ सय ८३ मुद्दा फर्स्योट गरेको छ । उपमहानगर उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा गठित समितिले उक्त आवमा नयाँ दर्ता भएका दुई सय ५२ र अघिल्लो आवबाट सरेर आएका ८० गरी तीन सय ३२ मुद्दामध्ये एक सय ८३  टुङ्गो लगाएको हो । दर्ता भएकामध्ये ३९ वटालाई निरुपणका लागि अदालत जान सिफारिस भएको छभने २७ वटा समितिमा विचाराधीन छन् । 
 
स्थानीय तहका मुद्दा स्थानीय निकायमा  मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ ।

उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिलाई मानाचामल, सम्बन्ध बिच्छेद, जग्गा विवाद, घरभाडा, गाईभैँसीले बालीनाली नोक्सानी गरेको लगायत विवाद समाधान गर्ने अधिकार छ । 

समितिमा जग्गा विवाद, घर निर्माण खिचलो, लेनदेन, बाली नोक्सानी, घरभाडा, मजदुरको ज्याला लगायत विषयमा बढी उजुरी परेका उपप्रमुख बानियाँले बताउनुभयो ।  आव २०७९ र ८० मा समितिले एक सय २७ वटा उजुरीमा मिलापत्र गराएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट