
काठमाडौँ । पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा बीबीले उच्च अदालतमा पुनरावेदन गर्नुभएको छ । पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक खानकी पत्नी बुशराले पाकिस्तानस्थित तोसाखानाको तेस्रो मुद्दामा गिरफ्तारीविरूद्ध उच्च अदालतमा पुनरावेदन गर्नुभएको हो ।
उहाँले अधिवक्ता सरदार लतिफ खोसामार्फत पुनरावेदन दायर गरेको पाकिस्तानी पत्रिका डनले जानकारी गराएको छ । इमरान खान र बुशरा बीबीलाई तोसखाना मुद्दामा जमानत दिएता पनि पुन: पक्राउ गरिएको थियो ।
रावलपिन्डीको अदियाला जेलमा गिरफ्तारीको क्रममा आफुहरूमाथि अपमान गरेको पुनरावेदनमा उल्लेख छ । साथै यसमा बुशरा बीबीलाई तेस्रो मामिलामा एनएबी अध्यक्षको पक्राउपूर्जी बिना नै पक्राउ गरी राजनीतिक उत्पीडनसहित जेलमा राखिएको दाबी गरिएको छ । निवेदनकर्ताले आक्रमणमा संलग्न जेलर तथा महिला अधिकारीविरुद्ध कारबाही गर्न अदालतलाई अनुरोध गर्दै गिरफ्तारीलाई अवैध घोषणा गर्नसमेत आग्रह गर्नुभएको छ । यसैबीच, इमरान खानले पनि लाहोर उच्च अदालतमा पुनरावेदन दायर गरी आफूविरुद्धका मुद्दाको विवरण मागेको डनले जनाएको छ ।
सन् २०१८ देखि सन् २०२२ सम्म पाकिस्तानी प्रधानमन्त्रीको रहनुभएका खान अगस्ट २०२३ देखि तोसाखाना, साइबर आक्रमण र गैरकानुनी विवाह लगायतका अभियोगमा जेल जीवन विताइरहनु भएको छ । उहाँकी श्रीमती पनि महिनौँदेखि जेलमा हुनुहन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै