
काठमाडौँ । चीनमा भारी वर्षाका कारण ३० जनाको मृत्यु भएको छ । बाढीमा ३५ जना बेपत्ता भएका छन् ।
यस साताको शुरुमा देशमा परेको भारी वर्षाले निम्त्याएको विपद्बाट मध्य चीनमा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै ३५ जना बेपत्ता भएको राज्य सञ्चालित सञ्चारमाध्यमले बिहीबार जनाएको छ । एक साताअघि पूर्वी चीनमा अवतरण गरेको टाइफुन गेमीुबाट हुनान प्रान्त विशेष गरी प्रभावित भएको हो ।
केही क्षेत्रहरूमा २४ घण्टामा ६४५ मिलिमिटर वर्षा मापन भएपछि जिक्सिङ शहरबाट ११ हजारभन्दा बढीलाई शहरबाट अन्यत्रै सारिएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले मङ्गलबार जनाएको थियो । जिक्सिङ क्षेत्रका बस्तीलाई जोड्ने धेरै सडक चरम मौसमका कारण अस्थायी रुपमा अवरुद्ध गरिएका थिए जसले बिजुली आपूर्ति र सञ्चार पूर्वाधारलाई पनि असर गरेको थियो ।
टाइफुन गेमीबाट सबैभन्दा बढी प्रभावित जिक्सिङ सहरका आठवटा सहरमा अवरुद्ध गरिएको सडकहरु हाल खोलिएको छ । प्रारम्भिक निष्कर्षले ३० जनाको मृत्यु र ३५ जना बेपत्ता भएको देखाएको छ, अनुसन्धान र उद्धार प्रयास अझै जारी रहेको बताउदै राज्य प्रसारणकर्ता सिसिटिभीले जनाएको छ।
हुनानको योङ्क्सिङ काउन्टीमा तीन जनाको मृत्यु भएको र आइतबार प्रान्तका अन्य ठाउँमा गएको पहिरोमा १५ जनाको मृत्यु भएको सिन्ह्वाले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै