
बागलुङ । बागलुङमा धानमा फेद कुहिने रोग देखिएको छ । रोगले धानको बोट मर्न थालेपछि किसान निराश बनेका छन् ।
धान रापेको एक महिनामै फेद कुहिएर मर्न थालेपछि किसान समस्यामा परेका छन् । धानको फेद कुहिने डाँठ पहेँलो भएर सुक्ने गरेको छ । धान गोड्ने बेलामा फेद कुहिन थालेपछि कृषि ज्ञान केन्द्रबाट प्राविधिकको टोलीनै खटिएको छ ।
बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको ठूलो क्षेत्रमा लगाइएको धानबाली कुहिएर नष्ट नहुन थालेको हो । किसानले धान कुहिएर नष्ट हुन थालेपछि कृषि ज्ञान केन्द्रलाई गुहारेका छन् । प्राविधिकको टोली खेतमै पुगेर रोगको पत्ता लगाई नियन्त्रण गर्न थालिएको कृषि ज्ञान केन्द्र बागलुङका बाली संरक्षण अधिकृत सन्तोष अधिकारीले जानकारी दिनुभएको छ ।
धान मर्न थालेको किसानको गुनासो आएपछि नियन्त्रणमा लागेको उहाँले बताउनुभयो । बागलुङ नगरपालिका–१२, १३ र १४ र जैमिनी नगरपालिकाको अधिकांश क्षेत्रमा फेद कुहिने रोग लागेको छ ।
रोगको पहिचान भएपछि किसानलाई ढुसीनाशक विषादी ‘कार्वन्डा’ प्रयोगका लागि सुझाएको भन्दै यो गरो नियन्त्रणका लागि पालिकासँग समन्वय गरेर लागेको उहाँ बताउनुहुन्छ । रोग नियन्त्रणका लागि एक रोपनी जग्गामा २५ देखि ३० लिटर कार्वन्डा हाल्नुपर्ने अधिकारीले जानकारी दिनुभयो । यस रोगको समाधान नभए उत्पादनमा ५० प्रतिशत ह्रास आउने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘किसानको गुनासो आएपछि हामी सम्बन्धित ठाउँमा पुगेर अध्ययन गरिरहेका छौँ, जहाँ पुगेका छौँ, त्यो ठाउँमा एकै नाशको लक्षण देखिएको छ, यो फेद कुहिने रोग हो, बलेवा, पैयूँपाटा, सिगाना क्षेत्रमा बढी देखिएको छ, जैमिनीको ५० प्रतिशत क्षेत्रमा लगाएको धानमा यो समस्या छ, रोग समयमै नियन्त्रण भएन भने उत्पादनमा कमी आउने देखिन्छ ।’
गत असार दोस्रो साता लगाएको धान अहिले पूरै मर्न थालेको बागलुङ नगरपालिका–१२ का प्रेमप्रसाद शर्मा पौडेलले बताउनुभयो । फेद कुहिने रोगले धान सखाप भएको र यसको समाधान नभए बिउसमेत जोगाउन मुस्किल पर्ने उहाँको भनाइ छ ।
एक साता अगाडिसम्म पानी लगाउँदै आएको र राम्रोसँग जाग्दै गएपछि केही दिनदेखि कुहिने समस्या आएको पौडेल बताउनुहुन्छ । धेरै वर्षपछि धानमा यो समस्या देखिएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै