
काठमाडौँ । आजदेखि शुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भर्खरै संलग्न खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
नेपालले श्रीलङ्कामाथि पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले पाखा लगाउँदै विजयी भयो । सोही प्रतियोगिताअन्तर्गत आजै हुने अर्को खेलमा इरान र भारतबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ः४५ बजेदेखि शुरु हुनेछ ।
यस जितसँगै नेपालले ३ अङ्क जोडेको छ । अब नेपालले आफ्नो दोस्रो खेल शनिबार भारतसँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै