
काठमाडौँ । नेपाली चलचित्र ‘मोदिबेनी’को चलचित्रकर्मीलेप्रशंसा गरेका छन् ।
साउन १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको बुधबार कमलपोखरीस्थित एक चलचित्र भवनमा गरिएको पहिलो प्रदर्शनी (फस्ट प्रिमियर) मा सहभागी चलचित्रकर्मीले प्रशंसा गरेका हुन् ।
पर्वतको मोदीबेनी क्षेत्रको कथामा आधारित रहेर तयार पारिएको चलचित्र ‘मोदीबेनी’मा ग्रामीण सौन्दर्यसँगै सशक्त कथा पाएको अभिनेता रमेश उप्रेतीले बताउनुभयो । ‘यसको प्राविधिक पक्ष राम्रो छ, सबै कलाकारले राम्रो काम गर्नुभएको छ । यो चलचित्र अरुभन्दा फरक छ, यसको निर्देशकसहित निर्माण पक्षलाई धन्यवाद’ उहाँले भन्नुभयो ।
अभिनेता निर्मल शर्माले नेपालको ग्रामीण भेगलाई यसैगरी चलचित्रमा प्रस्तुत गरिनुपर्ने धारणा राख्नुभयो । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले चलचित्रले दर्शकलाई कथावस्तुसँग सहजै जोड्ने बताउनुभयो । ‘हाम्रो आफ्नो मौलिक कथालाई विषय बनाएर तयार गरिएको चलचित्रले ग्रामीण सौन्दर्यको प्रचार गरेको छ । मलाई कमेडीको विधा निकै मनपर्छ, मैले भरपुर मनोरञ्जन लिएँ’ उहाँले भन्नुभयो ।
यसै चलचित्रमार्फत नौ वर्षपछि अभिनयलाई निरन्तरता दिनुभएकी अभिनेत्री रेजिना उप्रेतीले आफूलाई पर्दामा हेर्दा भावुक भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘आफैँलाई पर्दामा हेर्दा अर्कै महसुश गरेँ । यती लामो समय किन म टाढिएँ भन्ने लायो । अब अभिनयलाई निरन्तरता दिन्छु ।’
निर्देशक शङ्कर कोइरालाले आफ्नो वृतचित्रको अनुभवलाई चलचित्रमा प्रयोग गरेको बताउनुभयो । उहाँले पर्वत जिल्लाको सेरोफेरोमा घटेको घटनामा आधारित रही सामाजिक कथामा चलचित्र तयार गरिएकाले मनोरञ्जनसँगै उक्त क्षेत्रको जनजीवन र समाजलाई यसले दर्शाउने बताउनुभयो ।
चलचित्रमा अभिनेता सरोज खनाल, अभिनेत्री वर्षा सिवाकोटी, रेजिना उप्रेती, नवअभिनेता अमरप्रताप श्रेष्ठ, प्रवीण खतिवडा, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्र ‘मोदीबेनी’ लाई डिनेस्ट इन्टरटेनमेन्टको ब्यानरमा दिलीप केसी र हरि श्रेष्ठले संयुक्त रुपमा निर्माण गर्नुभएको हो । यसमा आनन्द विक्रम क्षेत्रीले कथा लेखन, उत्सव दाहालले छायाङ्कन, भरत रेग्मीले सम्पादन तथा एसडी योगी र शान भुसालले सङ्गीत भर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक