
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनालाई बलियो एवं सुदृढ बनाउने कार्य जारी रहेको बताउनुभएको छ ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८०र८१ को दुईदिने वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले जनतालाई सेवा प्रवाहमार्फत प्रदेश संरचना आवश्यक भएको अनुभूति गराउन कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
मुख्यमन्त्री कार्कीले सङ्घ, प्रदेश र स्थानीय तह राष्ट्रका लागि भएकाले प्रदेशलाई स्थापित गराउन जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
मुख्यमन्त्री कार्कीले सरकारले कृषिमा आधारित उद्योगसँग सहकार्य गरी उत्पादन वृद्धि गर्न किसानलाई उत्पादनको समर्थन मूल्य तोक्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सरकारले कृषि उद्योगको स्थायित्व, उत्पादन वृद्धि र रोजगार प्रवद्र्धनका लागि ब्याजमा अनुदानको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशमा बेरुजु घटाई सुशासन प्रत्याभूति गर्नुपर्ने बताउँदै बेरुजु फर्छ्यौट गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले प्रभावकारी काम गरी जनताको मन जित्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
मन्त्रालयका सचिव डा लेखराज दाहालले सहकारीका माध्यमबाट कृषिमा आधारित उद्योग स्थापना गरी जनताको जीवनस्तर उकास्नुपर्ने धारणा राख्नुभयो । दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा मन्त्रालयअन्तर्गतका १४ जिल्लाका ४८ कार्यालयले प्रगति विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै