
कृष्णबन्धु अर्याल
स्याङ्जा । पुतलीबजार नगरपालिकाको वडा नम्बर १३ स्थित मातृभूमि खेलमैदान बिस्तार गर्नको लागि महायज्ञ आयोजना गरिएको छ । जिल्लाकै पुरानो खेलमैदान बिस्तार गर्नको लागि स्थानीय स्मृति युवा क्लबको आयोजनामा साउन १३ गतेदेखि महायज्ञ थालिएको हो ।
विदुषी सुधादेवी अच्युत प्रियाजी र रामप्रपन्नाचाॠ (ऋषि गुरु) प्रमुख वाचक तथा उमेश पण्डित उपवाचक रहनुभएको महायज्ञमा खेलमैदानको लागि जग्गा दान गर्नेहरु बढ्दै गएका छन् । महायज्ञमा अहिलेसम्म अस्विनकुमार अर्याल, दीपक अर्याल, दिनेश अर्याल र जमुना अर्यालले खेलमैदानको लागि जग्गा प्रदान गरिसक्नुभएको छ । आँधिखोलाको किनारमा रहेको मैदान वर्षेनी कटान हुँदै साँघुरिदै गएकोले त्यसलाई बिस्तारको लागि जग्गा प्रदान गरिएको दीपक अर्यालले बताउनुभयो ।
महायज्ञमा अझै नगदको साथै जग्गा प्रदानगर्ने क्रम चलिरहेको जिल्लाकै पुरानो विद्यालय मातृभूमि मा.विका पूर्व प्रध्यानाध्यापक अस्विनकुमार अर्यालले बताउनुभयो । ‘हाम्रै आगन अगाडि रहेको खेल मैदान हाम्रो गहना हो, यसलाइ संरक्षण गर्नु हाम्रो दायित्व पनि हो’ उहाँले भन्नुभयो– खेलमैदानको लागि दान गर्ने दाताहरु बढिरहेका छन् । मैले पनि यसैसँगै जोडिएको जग्गा प्रदान गर्न पाउँदा गौरव महशुस गरेको छु।’
क्लबका अध्यक्ष भीम रानाले खेलमैदान बिस्तार, स्तरोन्नति र संरक्षण गर्ने उदेश्यले महायज्ञ आयोजना गरिएको बताउनुभयो । ‘हामीले यस महत्वपूर्ण स्थानमा रहेको खेलमैदानलाई स्तरोन्नति ,संरक्षण र पैवद्धन गर्न महायज्ञको आयोजना गरेका हौँ’ उहाँले भन्नुभयो ।
मैदानमा बेला बेलामा फुटबल , क्रिकेट र भलिबल लगायतका खेल संचालन हुँदै आएको छ। क्लबका सचिव मीनप्रसाद अर्यालले विगतमा यही मैदानमा खेल अभ्यास गरेकाहरु राष्ट्रियस्तरका खेलाडी बन्न सफल भएको उल्लेख गर्नुभयो । ‘त्यसैले यसलाई जोगाइ राख्न सके यो मैदानबाट भावी पिँढीले पनि प्रचुर लाभ लिन सक्ने छन्’ उहाँले भन्नुभयो ।
श्रावणी, ,श्रावण स्नान, रुद्राभिषेक (रुद्रीपाठ), सहश्र जलधारा, बेलपत्र अर्पण, शिव महापुराण पाठ पारायणसहित आयोजना गरिएको महायज्ञ साउन २१ गतेसम्म संचालन गरिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै