
नवलपरासी । बर्दघाट नगरपालिकाले सामूहिक रूपमा राष्ट्रिय गीत गायनपछि मात्र दैनिक सेवा प्रवाह गर्न थालेको छ ।
हरेक दिन बिहन ठीक १० बजे सबै कर्मचारीहरूको उपस्थितिमा राष्ट्रपतिसम्मान जनाउँदै राष्ट्रिय गीत गाएर कार्य थालिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।प्रदीपकुमार राई (ब्याकुल माइला) को रचना तथा सङ्गीतकार अम्बर गुरूङको सङ्गीतमा देशका चर्चित कलाकारले सामूहिक रूपमा श्वाराङ्कन गर्नुभएको ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली।।’कार्यालयमा विद्युतीय उपकरणबाट बजाउने व्यवस्था मिलाइएको छ । हरेक दिन कार्यालय समय प्रारम्भ हुनेवित्तिकै जनप्रतिनिधि कर्मचारी राष्ट्रिय गान गाउनुहुन्छ ।
राष्ट्रिय गानबाट सेवा शुरु गर्दा कार्यालयमा आउने सेवाग्राही र कर्मचारीहरूमा राष्ट्रप्रतिको सम्मान बढ्ने नगरप्रमुख श्रेष्ठको बताउनुहुन्छ । लुम्बिनी प्रदेशमा यस अगावै रूपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक राष्ट्रिय गान साथै पालिका गान गाएर सेवा प्रवाह गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै