
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही साउन १८ गते शुक्रबार प्रेदशसभाबाट विश्वासको मत लिनुहुने भएको छ ।
विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीले प्रदेशसभा सचिवालयलाई आज पठाउनुभएको पत्रबमोजिम सभामुख भीमबहादुर भण्डारीले शुक्रबार अपराह्न ४ बजे प्रदेशसभाको बैठक बस्ने समय तोक्नुभएको सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो ।
सत्तासमीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारबाट बाहिरिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवं मुख्यमन्त्री सोडारी गएको असार २० गतेदेखि अल्पमतमा हुनुहुन्छ । तीस दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले साउन १८ गते शुक्रबार विश्वासको मत लिन लाग्नुभएको हो ।
गएको असार १ गते प्रदेशसभामा प्रस्तुत सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित हुन नसकेर अलपत्र छ । योसँगै प्रदेश सरकारको यही साउन १ गतेदेखि राजस्व सङ्कलन र खर्च गर्नेलगायत गतिविधि ठप्प छन् । प्रस्तुत बजेटमाथि प्रदेशसभामा छलफल गर्न ढिलाइ भइरहँदा असार २० गते एमाले सरकारबाट बाहिरिएको थियो । एमाले बाहिरिएसँगै मुख्यमन्त्रीले अध्यादेशमार्फत बजेट ल्याउने प्रयासस्वरुप असारको अन्तिम हप्तामा वर्षे अधिवेशन (बजेट अधिवेशन) अन्त्य गर्न सिफारिस गर्नुभएको थियो ।
त्यसपछि अध्यादेशमार्फत बजेट ल्याउने सरकारको प्रयास भइरहँदा प्रतिपक्षी नेकपा (एमाले) र नेपाली कांग्रेसले विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखसमक्ष लिखित माग गर्नुभएको थियो । प्रदेश प्रमुखको आह्वानमा साउन ८ गते सुरु भएको विशेष अधिवेशनअन्तर्गत दुई दिन बसेको बैठक सञ्चालन भए पनि तेस्रो दिनको बैठक मन्त्रीको अनुपस्थितिका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको थियो ।
सुरुका दुई दिनको बैठकमा उपस्थित हुनुभएकी सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापालाई मुख्यमन्त्रीले बर्खास्त गर्नुभएको थियो । नेकपा (एमाले) का ११, नेकपा (माओवादी केन्द्र), का सभामुखबाहेक १०, नेकपा (एकीकृत समाजवादी)का चार, नागरिक उन्मुक्तिका दुई, स्वतन्त्र एक सदस्यको समर्थनमा गएको वैशाख ६ गते सोडारी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक