
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आवश्यक नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पर्यटनमन्त्री पाण्डेको स्वागतका लागि नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधार गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । उहाँले सार्वजनिक निजी साझेदारीको बोर्डलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्दै पर्यटनलाई चलायमान बनाउन निर्देशन दिनुभयो ।
नेपालमा पर्यटनको अथाहा सम्भावना रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले पर्यटनका लागि प्रकृतिले दिएको अद्धितीय सम्भावनाको सदुपयोग गर्दै नेपालको आर्थिक समृद्धिमा पर्यटनको योगदानलाई बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटनलाई थप चलायमान बनाउन अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति आवश्यक भएको बताउनुभयो ।
मन्त्री पाण्डेलाई पर्यटन मन्त्रालयका सचिव एवं बोर्डका अध्यक्ष डा गणेशप्रसाद पाण्डे, बोर्डका उपाध्यक्ष कमल सापकोटा, निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐर, बोर्ड सञ्चालक समिति सदस्यलगायतलले स्वागत गर्नुभएको थियो । बोर्डका निमित्त कार्यकारी प्रमुख ऐरले बोर्डको गतिविधिबारे जानकारी गराउदै कतिपय नीतिगत समस्याका कारण बोर्डले विदेशका आयोजना गरिने कार्यक्रम गर्न नसकेको बताउनुभयो ।
उहाँले नीतिगत तथा प्रक्रियागत सहजीकरण हुनासाथ विदेशमा गरिने कार्यक्रमलाई थप प्रभावकारी बनाउन सकिने भन्दै त्यसका लागि सहजीकरण गरिदिन मन्त्री पाण्डे समक्ष आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै