+

बाङ खोलाको बाढीले ३ पुल बगायो

म्याग्दी  । धवलागिरी गाउँपालिका–३ मुनामा बाढीले  ३ वटा पुल बगाएको छ । 

वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुना स्थित बाङ खोलामा आएको बाढीले एउटा झोलुङ्गेसहित ३ वटा पुल बगाएको स्थानीय बुद्धिमान शेरपुञ्जाले जानकारी दिनुभएको छ । 

अत्यधिक वर्षापछि खोला थुनिएको थियो । झोलुङ्गे पुल बगाएपछि मुनादेखि लुलाङ जाने बाटो पूर्णरुपमा अवरुद्ध भएको छ । बाढीले दरखोला लघुजलविद्युत् आयोजनाको ८ वटा पाइप समेत बगाएको छ । 

मुनाकै घट्टेखोलामा आएको बाढीले स्थानीय रेशम भण्डारी र धनबहादुर पाण्डेको घरमा क्षति पुर्याएको धवलागिरी–३ मुनाका वडाध्यक्ष देविन्द्र रोकाले जानकारी दिनुभएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट