
काठमाडौँ । लक्ष्मण पोखरेलको संगीतमा सजिएको तीजको गीत ‘तिजैले जुरायो...’ सार्वजनिक भएको छ ।
यो गीतमा बाल गायिका आश्रीया सुवेदीले स्वर दिएकी छन् । गीतकार अनिल सुवेदीले रचना गरेका हुन् । आोएसआर डिजिटलबाट गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको संगीतकार पोखरेलले बताए ।
हाल बजारमा आएका तिजका विभिन्न गीत मध्येकै फरक शैलीको छ । अशोक थापाको संगीत संयोजन रहेको यस गीतमा दिल सार्कीले रेकर्डिङ गरेका हुन् । साथै प्रकाश मिश्रको मिक्सिङ मास्टिरिङ रहेको छ । गीतको भिडियो निर्देशन अहिलेका व्यस्त र चर्चित निर्देशक कृष्णदेव रुपाखेतीले गरेका छन् ।
गीतमा चर्चित मोडल स्मारिका ढकालको अभिनय देख्न सकिन्छ । राहुल बराइलीको नृत्य, उत्सव दाहालको छायाङ्कन, मीन रावलको सम्पादन रहेको छ । नेपाली महिलाको महान चाड तिजको अवसरलाई लक्षित गरी ल्याइएको तिजैले जुरायो गीतबाट गीतकार अनिल सुवेदी निकै आशावासी रहेको बताउँछन् । दर्शक श्रोताहरुले गीतलाई मन पराइदिनेमा बाल गायिका आश्र्र्रीया सुवेदी पनि आशावादी रहेकी छन् ।
गीत र संगीतको मर्मत अनुरुप भिडियो तयार पारिएको निर्देशक कृष्णदेव रुपाखेतीले बताए । गीतलाई उत्कृष्ट बनाउन कुनै कसुर बाँकी नराखिएको छायाङ्कार उत्सव दाहाल बताउँछन् । ओएसआरबाट सार्वजनिक भएको गीत रमाइलो खालको रहेकोले दर्शक श्रोताहरुले रुचाउनेमा मोडल स्मारिका ढकाल पनि विश्वस्त छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै