
काठमाडौँ । युरोपेली आयोगले देशको इलेक्ट्रोलाइसिस क्षमता बढाउने र नवीकरणीय हाइड्रोजनको उत्पादनलाई समर्थन गर्ने उद्देश्यले ९९ करोड ८० लाख यूरो (एक अर्ब अमेरिकी डलर) डच अनुदान योजना स्वीकृत गरेको घोषणा गरेको छ ।
यो पहल ब्रसेल्सको हरित एजेन्डासँग राम्रोसँग मिल्दोजुल्दो रहेको आयोगले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । यसले युरोपेली सङ्घ (ईयू) हाइड्रोजन रणनीति र युरोपेली हरित सम्झौताको उद्देश्य अनुसार नवीकरणीय हाइड्रोजनको विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ । अनुदान योजनाले नेदरल्याण्डमा कम्तिमा २ सय मेगावाट इलेक्ट्रोलाइसिस क्षमताको निर्माणलाई सहयोग गर्नेछ ।
यो योजनाले नेदरल्याण्ड्सलाई सन् २०२५ सम्ममा ५ सय मेगावाटको इलेक्ट्रोलाइजर क्षमता र सन् २०३० सम्ममा तीन देखि चार गिगावाटको लक्ष्य हासिल गर्न मद्दत गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै