+

धुर्कोटका ५५९ घरमा खानेपानी

तम्घास ।  धुर्कोट गाउँपालिका–३ हाडहाडेमा सञ्चालित ठूलामूल लिफ्टिङ आयोजनाबाट ५ सय ५९ घरमा खानेपानी सुविधा उपलब्ध भएको छ ।  

आर्थिक वर्ष २०७६/७७ मा सुरु भएको योजना हालै सम्पन्न भएको हो । एउटै आयोजनाबाट यति धेरै घरमा शुद्ध पेयजलको व्यवस्था भएको धुर्कोट पालिकाको यो पहिलो ठूला खानेपानी आयोजना हो । आयोजनाबाट हाडहाडेका मोटिखर्क, निन्यूखर्क, पाथ्थरपानी, अबुवा, सिर्बु, मोरमारे लगायत टोलका बासिन्दा लाभान्वित भएका छन् । 

आयोजनाबाट झण्डै दुई हजार दुई सयभन्दा बढी  अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । सैनिक प्रावि, वडा कार्यालय, स्वास्थ्य चौकीलगायत संस्थामा यसै आयोजनाको पानी उपलब्ध गराइएको छ । दैनिक रुपमा घरमै पानी आएपछि स्थानीयको दैनिकी फेरिएको छ । ‘पहिला एक घण्टा हिँडेर पानी लिन जानुपथ्र्यो’ स्थानीय ६८ वर्षीया मनकुमारी थापाले भन्नुभयो– ‘अहिले घरमै पानी आउदा सहज भएको छ ।’ पहिला खेताला लगाएर पानी ल्याएको उहाँले बताउनुभयो । 

ठूलामूल खानेपानी उपभोक्ता समितिका सचिव नीरबहादुर घमले आयोजना सम्पन्न गर्न रु चार करोडभन्दा बढी खर्च भएको बताउनुभयो । आयोजना सम्पन्न भएसँगै हाडहाडेका ५ सय ५९ घरमा धारा जडान भएका छन् ।

धुर्कोट गाउँपालिकामा ५ हजार ३ सय ८२ घर छन् । हाल पालिकाका अधिकांश घरमा स्वच्छ पानीको सुविधा उपलब्ध छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै