
काठमाडौँ । सांसद कृष्णप्रसाद पौडेलले विद्यार्थी दक्ष जनशक्ति निर्माणका लागि शिक्षा मन्त्रालयको योजना के छ भनी प्रश्न गर्नुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उहाँले भन्नुभयो– ‘स्वदेशमै ‘टिक्ने’ र ‘बिक्ने’ जनशक्ति निर्माणमा शिक्षा मन्त्रालयको नीति के छ ?’ गत आर्थिक वर्षमा १ लाख १२ हजार ४ सय ९३ विद्यार्थी उच्च शिक्षाका लागि विदेश गएको तथ्याङ्क पेश गदै उहाँले यसका लागि १ खर्ब ५२ करोड रुपैयाँभन्दा बढी रकम मुलुकबाट बाहिरिएको बताउनुभयो ।
विसं २०७१ मा कक्षा १ मा करिब ११ लाख विद्यार्थी भएकामा गत वर्षको एसइई परीक्षासम्म आइपुग्दा करिब ५६ प्रतिशत विद्यार्थीले विद्यालय छाडेको उल्लेख बताउनुभयो । राष्ट्रियसभाको आजको बैठकमा अधिकांश सांसदहरुले विपत् व्यवस्थापन र भइरहेको विभिन्न दुर्घटनाप्रति सरकारकालाई ध्यानर्काषण गराउनुभएको छ ।
सांसद कमला पन्तले सौर्य जहाजको दुर्घटनाको सत्यतथ्य पत्ता लगाइ दोषिमाथि कारबाही गर्न माग गर्नुभयो । सांसद जयन्तीदेवी राईले सौर्य जहाज दुर्घटनाका मृतकका परिवारलाई सरकारले नभेटेको गुनासो सुनाउनुभयो । उहाँले थोत्रो जहाज कहिलेसम्म चलाउने ? भन्दै सरकारको जवाफ माग गर्नुभयो ।
सांसद दुर्गा गुरुङले बाढीपरिहराका कारण कर्णाली प्रदेशको सडक बिग्रिएको उल्लेख गर्दै त्यहाँको जनजीवन प्रभावित भएकाले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद नारायणदत्त मिश्रले जहाज दुर्घटनाको निष्पक्ष छानबिन र किसानले रासायनिक मल नपाएकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद भुवनबहादुर सुनारले भर्खर गठन भएको मन्त्रिपरिषद् समावेशी नभएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।
सांसद मदनकुमारी साह गरिमाले विभिन्न स्थानमा भएका स्कुल बस दुर्घटनाप्रति सरकारको ध्यानकर्षण गराउनुभयो । सांसद सुरेशकुमार आलेमगरले पुतलीसडक–मैतिदेवी सडकखण्डमा दुईतर्फी सवारी सञ्चालनको माग गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै