
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजमा व्याप्त अन्धविश्वास, कुप्रथा र रूढीवादी परम्परा अन्त्यका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
आज आयोजित कार्यक्रममा सञ्चारमन्त्रीले सबै प्रकारका विभेद र कुसंस्कारको अन्त्य गर्दै आधुनिक समाज निर्माणका निम्ति वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो । उहाँले रूढी परम्परा र अन्धविश्वासको अन्त्यका लागि ऐन कानुनको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड दिएको बताउनुभयो ।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले सामाजिक कुरीति अन्त्य गर्न समाजका सबै वर्गको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै भन्नुभयो– ‘बोक्सी प्रथालाई पूर्ण रुपमा अन्त्य गर्न सरकार पूर्ण प्रतिवद्ध छ । ‘सति प्रथा सकियो तर यसको धङधङी अहिले पनि नेपाली समाजमा बाँकी छ’ उहाँले मुलुक राजनीतिक रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरे पनि आर्थिक रुपमा धेरै पछाडि रहेको वास्तविकता औँल्याउनुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले हलिया, छाउपडी, हरवाचरवा र कम्लरी प्रथालाई पनि पूर्ण रुपमा अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा उहाँले बोक्सी प्रथामा आधारित चलचित्र ‘अग्निदहन’को पोष्टर पनि सार्वजनिक गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै