
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनु हुने भएको छ । प्रधानमन्त्रीले कामका प्रगति र भावी योजनाका सम्बन्धमा सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिन लाग्नु भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्री, मन्त्रीको पनि उपस्थिति रहनेछ । प्रधानमन्त्री ओलीले सबै त्यही बैठकमा निर्देशन दिनु हुने भएको हाृे । प्रधानमन्त्रीले साउन १३ गते ब्रिफिङ सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाबारे ब्रिफिङ लिनुभएको थियो ।
सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिनुभएको थियो । ओली प्रधानमन्त्री भएपछि पहिलोपटक यस प्रकारको बैठक भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै