
ताप्लेजुङ । कोशी प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण मेची राजमार्गमा यातायात सेवा ठप्प भएको छ । ताप्लेजुङसहित पाँचथर, इलाम र झापा जिल्लामा रहेको मेची राजमार्गमा बुधवार बिहानैदेखि यातायात ठप्प भएको हो ।
संयुक्त सङ्घर्ष समितिले पक्राउ परेका पहिचानवादी नेता आन्जेस राईको रिहाइको माग राखेर मेची राजमार्गमा यातायात बन्द आह्वान गरेको हो । समितिले आह्वान गरेको बन्दका कारण मेची राजमार्गमा सञ्चालन हुने सबै किसिमका सवारी साधन ताप्लेजुङबाट नछुटेका यातायात व्यवसायीले जनाएका छन् ।
मेची राजमार्गमा यातायात बन्द आह्वानले जिल्लाबाट बाहिरिने र भित्रिने सवारी साधन ठप्प हुँदा यात्रु मारमा परेका छन् । बुधवारका लागि टिकट बुकिङ गरेका यात्रुले गन्तव्यमा जान नपाई सम्बन्धित जिल्लाहरूमा रोकिएका छन् ।
बिहीबारका लागि पनि यातायात सञ्चालन हुने नहुनेमा निश्चित नरहेको सदरमुकाम फुङ्लिङस्थित पाथीभरा यातायात प्रालिका काउन्टर इन्चार्ज शरण लिम्बूले जानकारी दिनुभयो । उहाँले मेची राजमार्ग बाहेकका स्थानीय तथा अन्य सडकमा भने सवारी साधन सञ्चालनमा रहेको बताउनुभयो । संयुक्त सङ्घर्ष समितिले मङ्गलबार नै विज्ञप्ति प्रकाशित गरी बुधवार र बिहीबार दुई दिन मेची राजमार्गमा यातायात बन्द आह्वान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल