
काठमाडौँ । विश्वव्यापी अस्थिरता व्यवस्थापनमा चीन महत्वपूर्ण मध्यस्थकर्ता’को भूमिकामा देखिएको छ ।
विश्वव्यापी तनाव व्यवस्थापनमा चीन ‘महत्वपूर्ण मध्यस्थकर्ता’ भएको इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा बताउनुभएको छ ।
गत वर्षको अन्त्यमा बेइजिङको विशाल बेल्ट एण्ड रोड इनिसिएटिभबाट आफ्नो देशको बहिर्गमनका कारण चिसिएको सम्बन्धलाई ‘पुनः सुरु’ गर्ने प्रतिबद्धता व्यक्त गर्दै मेलोनी करिब दुई वर्षअघि कार्यभार सम्हालेयता पहिलो पटक चीन भ्रमणका शिलशिलामा बेइजिङमा हुनुहुन्छ ।
बेइजिङको दियाओयुताई स्टेट गेस्टहाउसमा सोमबार इटालीका प्रधानमन्त्री मेलोनीले सीसँग वार्ता गर्नुभएको हो । ‘अन्तर्राष्ट्रिय स्तरमा असुरक्षा बढिरहेको छ र मलाई लाग्छ कि यी सबै गतिशीलतालाई सम्बोधन गर्न चीन अनिवार्य रूपमा एक महत्वपूर्ण मध्यस्थ वार्ताकार हो’ उहाँले सीसँग भन्नुभयो ।
त्यस अवसरमा स्थिरताको प्रत्याभूति कसरी गर्ने, शान्तिको प्रत्याभूति कसरी गर्ने भन्ने विषयमा दुई देशले मिलेर सोच्नुपर्ने उहाँले बताउनुभयो । उहाँले चिनियाँ राष्ट्रपति सीसँग भन्नुभयो– ‘सबैभन्दा ठूलो कुरा हामीलाई स्थिर रहनका लागि हामीले काम गर्ने नियमको प्रणाली आवश्यक छ ।’
त्यस अवसरमा चिनियाँ राष्ट्रपति सीले बेइजिङ र रोमबीचको ‘लामो समयदेखि स्थापित मैत्रीपूर्ण’ सम्बन्धको प्रशंसा गर्नुभयो । ‘दुवै पक्षले सहिष्णुता, पारस्परिक विश्वास र पारस्परिक सम्मान कायम राखेका छन् र प्रत्येकले आ–आफ्नो विकासको बाटो रोज्छन्’ उहाँले भन्नुभयो ।
चिनियाँ प्रधानमन्त्री ली कियाङसँग आइतबार भएको भेटमा मेलोनीले आफ्नो भ्रमणले द्विपक्षीय सहयोगलाई पुनः स्थापित गर्ने बताउनुभएको थियो । नेता द्वयले एक द्विपक्षीय कार्य योजनामा हस्ताक्षर गर्दै ‘व्यापारिक सम्बन्ध सन्तुलित र पारस्परिक लाभकारी छ भन्ने सुनिश्चित गर्नुपर्ने’ मा जोड दिनुभएको थियो । दस्तावेजका अनुसार यसको अर्थ ‘कम्पनीहरूले निष्पक्ष प्रतिस्पर्धा र स्वतन्त्र व्यापारको भावनामा समान सर्तमा काम गर्न सक्दछन् ।
वार्ताका क्रममा लीले इटालीसँगको सम्बन्धलाई थप परिपक्व र स्थिर दिशामा अघि बढाउन बेइजिङ इच्छुक रहेको बताउनुभएको थियो ।
मेलोनीको प्रशासनले गत डिसेम्बरमा चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’बाट हात झिकेको थियो ।पदभार ग्रहण गर्नुअघि मेलोनीले विदेशमा चीनको प्रभाव विस्तार गर्ने सीको प्रयासको मुख्य खम्बाका रूपमा रहेको यस पहलमा सामेल हुनु ‘गल्ती’ भएको बताउनुभएको थियो ।
बेल्ट एण्ड रोडमा सामेल भएपछि इटालीले चीनसँग गरेको गैर–बाध्यकारी समझदारीपत्रमा रसद, पूर्वाधार, वित्त र वातावरणमा सहयोगका लागि व्यापक प्रतिबद्धता समावेश गरिएको थियो । तर, विवरण दुर्लभ थिए र पारदर्शिताको अभावले इटालीका सहयोगीहरूबीच अविश्वास बढाएको थियो ।
मेलोनीको प्रशासनले संयुक्त राज्य अमेरिकापछि इटालीको दोस्रो ठूलो गैर–ईयू व्यापारिक साझेदार चीनसँग सम्बन्ध सुधार्ने प्रयास गरेको छ । आइतबार एक व्यापारिक मञ्चमा लीसँगै बोल्दै मेलोनीले भन्नुभयो– ‘हाम्रो व्यापारिक सम्बन्ध सबैका लागि निष्पक्ष र लाभप्रद होस् भन्ने मैले चाहेको छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै