
काठमाडौँ । दक्षिण कोरियाको जनसङ्ख्या वृद्धि भएको छ ।
सन् २०२३ मा विदेशी नागरिकको दक्षिण कोरिया प्रवेशमा दोहोरो अङ्कको वृद्धिका कारण दक्षिण कोरियाको कूल जनसङ्ख्यामा सुधार देखिएको यहाँको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
सन् २०२३ को जनगणनाअनुसार गत वर्षको नोभेम्बर १ मा कूल जनसङ्ख्या ०.२ प्रतिशत अर्थात् ८२ हजार थपिएर पाँच करोड १७ लाख ७५ हजार पुगेको छ ।
कम्तीमा तीन महिना दक्षिण कोरिया बसेका विदेशी नागरिकको सङ्ख्या १०.४ प्रतिशतले बढेर १९ लाख ३५ हजार पुगेको छ ।
कोभिड–१९ को महामारीपछि सरकारले विदेशीका लागि कामका लागि भिसा कार्यक्रम विस्तार गरेपछि गत वर्ष दक्षिण कोरियामा धेरै विदेशी आएका थिए ।
गत वर्ष वृद्ध जनसङ्ख्याका कारण न्यून जन्मदर भएको र स्थानीय बासिन्दाको सङ्ख्यामा ०.२ प्रतिशतले घटेर चार करोड ९८ लाख ३९ हजारमा झरेको थियो ।
आवासको उच्च मूल्य र हठी बेरोजगारीजस्ता आर्थिक कठिनाइका कारण युवा दम्पतीले बच्चा जन्माउन ढिला सुस्ती गर्ने वा बच्चा जन्माउन छोड्ने गरेका कारण दक्षिण कोरियाले लामो समयदेखि कम जन्मदरको समस्यासँग जुधिरहेको छ ।
सन् २०२३ मा १५ देखि ६४ वर्ष उमेर समूहका कामकाजी उमेर समूहको जनसङ्ख्या ०.४ प्रतिशतले घटेर तीन करोड ६५ लाख ४६ हजार मा झरेको छ र यो जुन कुल जनसङ्ख्याको ७०.६ प्रतिशत हो ।
सन् २०१८ देखि काम गर्ने उमेर समूहको जनसङ्ख्याको अनुपात निरन्तर घट्दै गएको छ । गत वर्ष ६५ वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धाको सङ्ख्या ५.१ प्रतिशतले बढेर ९६ लाख नौ हजार पुगेको थियो भने १४ वर्ष वा सोभन्दा कम उमेरसमूहका वृद्धवृद्धाको सङ्ख्या ४।१ प्रतिशतले घटेर ५६ लाख १९ हजारमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै