+

किसानलाई सहज हुनेगरी आयोजना अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किसानलाई सहज हुनेगरी सिँचाइका आयोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

नवीनतम यान्त्रिक सिँचाइ आयोजनासँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री खड्काले नयाँ आयोजना निर्माण गर्दा किसानलाई कसरी सहुलियत प्रदान गर्न सकिन्छ त्यसबारे सोच्नुपर्ने बताउनुभयो । 

‘छिमेकी मुलुकले कसरी किसानलाई सिँचाइमा सहुलियत प्रदान गरेका छन्, त्यसलाई अध्ययन गरेर नयाँ आयोजनालाई अगाडि बढाउनुपर्छ’ उहाँले भन्नुभयो । मन्त्री खड्काले आयोजना अगाडि बढाउन आवश्यक पर्ने लागतका बारेमा अर्थ मन्त्रालयसँग छलफल गर्ने प्रतिवद्धता जनाउनुभयो । 

शुरुमा सर्लाही र रौतहट जिल्लाको १६ स्थानीय तहका २२ हजार चार सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले आयोजनालाई अगाडि बढाइएको आयोजनाका प्रमुख अजयराज अधिकारीले जानकारी दिनुभयो ।

‘डिप ट्युबेल’ र ‘प्रिपेड कार्ड’मार्फत किसानको खेतमा सिँचाइ सुविधा लैजाने उद्देश्यले आयोजनालाई अगाडि बढाइएको जनाउँदै उक्त आयोजना चार वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । 

आयोजना सम्पन्न भएमा किसानले सिँचाइका लागि एक हजार लिटर पानी ३ रुपैयाँमा उपभोग गर्न पाउनेछन् । आयोजनाका लागि ७८ प्रतिशत एशियाली विकास बैँक र २२ प्रतिशत नेपाल सरकारले लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट