
काठमाडौँ । उत्तरी क्यालिफोर्नियाको आगलागी पश्चिमी अमेरिकी राज्यमा अहिलेसम्मकै ठूलोमध्ये एक भएको अधिकारीहरूले बताएका छन् ।
‘क्यालिफोर्निया पार्क फायर’ शनिबार साँझसम्म तीन लाख ५० हजार हेक्टरभन्दा बढी भागमा फैलिएपछि यो क्यालिफोर्नियाको इतिहासमा रेकर्ड गरिएको सातौँ ठूलो आगलागी भएको राज्य एजेन्सी क्याल फायरले जनाएको छ ।
राज्यको राजधानी स्याक्रामेन्टोबाट करिब १४५ किलोमिटर उत्तरमा रहेको सिको सहर नजिकैको ठूलो ग्रामीण पहाडी क्षेत्रमा भएको आगलागीबाट ४ हजारभन्दा बढी मानिसहरू आफ्नो घर छाड्न बाध्य भएका छन् । ‘फैलिदै गएको आगोले अग्नि नियन्त्रकलाई चुनौती दिइरहेको छ क्याल फायरले एक्सको एक पोस्टमा जानकारी गराएको छ ।
एजेन्सीका अनुसार एक दर्जनभन्दा बढी हेलिकप्टर र विमानका साथै तीन हजार ७०० भन्दा बढी कर्मचारीहरूको प्रयासका बावजुद पनि आगो १० प्रतिशत मात्र निभाउन सकिएको थियो ।
कम तापक्रम र उच्च आद्रताले आगलागीको गति कम भएतापनि अझै फैलिरहेको एजेन्सीले जनाएको छ । क्याल फायरको पछिल्लो अपडेटमा आगलागीका कारण २० वटा संरचनाहरू नष्ट भएको पुष्टि गरेको छ ।
जलिरहेको कारलाई सुक्खा झाडीमा धकेलेर आगो लगाएको शङ्कामा ४२ वर्षीया व्यक्तिलाई बिहीबार प्रहरीले हिरासतमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै